पासवर्ड चोरी भएपछि २५ करोडको बिटक्वाइन स्वाहा-Sutra News

पासवर्ड चोरी भएपछि २५ करोडको बिटक्वाइन स्वाहा

मंगलबार, ७ मंसिर २०७८

मंगलबार, ७ मंसिर २०७८

रेड्इट प्रयोग गर्ने तोमोको स्ल्यानकार्ड नाम गरेका व्यक्तिले आफ्नो पासवर्ड राखिएको सर्भर ह्याक गरेर ह्याकरले २ मिलियन डलरको बिटक्वाइन चोरेको भन्दै गुनासो गरेका छन् ।



सामाजिक सञ्जाल रेड्इटमा उनले ‘क्रिप्टोलाई लिएर यो भन्दा भयङ्कर के हुन सक्छ’ भन्दै बिटक्वाइन एकाउन्टको पासवर्ड चोरी गरिएको बताएका हुन् ।

२० लाख डलर मूल्यको बिटक्वाइन नेपाली रुपैयाँमा लगभग २५ करोड जति हुन्छ ।

ती बिटक्वाइन कारोबारीले आफूसँग ३३ बिटक्वाइन रहेको र सबै चोरी भएको बताएका छन् । उनले लेखेका छन्, ‘मेरो ३३ बिटक्वाइन थियो, सबै चोरी भयो ।’

उनले उक्त बिटक्वाइन किन्दा जम्मा ६ लाख डलरमा किनेका थिए । अहिले त्यसको मूल्य २० लाख डलर भन्दा बढी हुन्छ ।

उनले पासवर्ड राखिएको ब्याकअप सर्भर नै ह्याक गरिएको गुनासो गरेका छन् । ‘बिटक्वाइन चोरी नभएको भए म करोडपति हुन्थें,’ उनले लेखेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट