जो दुई मत बढी ल्याएर जिल्ला सभापतिमा विजयी भए-Sutra News

जो दुई मत बढी ल्याएर जिल्ला सभापतिमा विजयी भए

मंगलबार, ७ मंसिर २०७८

मंगलबार, ७ मंसिर २०७८

नेपाली कांग्रेस सल्यानको सभापतिमा संस्थापन पक्षका केशबहादुर विष्ट निर्वाचित भएका छन । १४औं महाधिवेशनअन्तर्गत जिल्लाको नयाँ नेतृत्व चयनका लागि सोमबार मतदान भएको थियो ।



मंगलबार मध्याह्न्न आएको मत परिणामअनुसार विष्ट दुई मत बढी ल्याएर सभापतिमा निर्वाचित भएका हुन् । सभापतिका अर्का उम्मेदवार ध्रुवराज पुरी पराजित भएका छन् । विष्ट जिल्ला समन्वय समिति सल्यानका प्रमुखसमेत हुन । सल्यानमा संस्थापन पक्षकै दुवै जना सभापतिमा लडेका थिए ।

एक हजार दुई सय ३४ मतदाता रहेको सल्यानमा पुरीले ६ सय आठ मत र विष्टले ६सय १० मत प्राप्त गरेका छन् ।

उपसभापति पदमा विष्ट प्यानलका सन्तोष केसी र पुरी प्यानलका चक्र देवकोटाले निर्वाचित भएका छन् । सचिवमा पुरी प्यानलका प्रकाश भण्डारी र विष्ट प्यानलका एकराज बुढाथोकी निर्वाचित भए ।  भण्डारीको लोकप्रिय मत देखिएको छ । विजयी सबै उम्मेदवारभन्दा बढी मत भण्डारीले प्राप्त गरेका छन् । बुढाथोकी शिक्षक हुन । सहसचिवमा जनकराज गौतम र बुद्धिप्रकाश हमाल निर्वाचित भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट