सर्वोच्चको वातावरण अझै अशान्त, प्रधानन्यायाधीशले राजीनामा नदिए यस्तोसम्म गर्ने बारको तयारी-Sutra News

सर्वोच्चको वातावरण अझै अशान्त, प्रधानन्यायाधीशले राजीनामा नदिए यस्तोसम्म गर्ने बारको तयारी

मंगलबार, ७ मंसिर २०७८

मंगलबार, ७ मंसिर २०७८

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै बारले निरन्तर सवोच्च परिसरमा विरोध प्रदर्शन गर्दै आएको छ ।



यस्तै बारले बिहीबार मंसिर ९ गते दिउँसो २ बजे सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने जनाएको छ । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जनताका लागि न्याय चाहिएकाले जनता उठ्नुपर्ने बेला आएको भन्दै मार्चपास गर्न लागिएको जानकारी दिए । उक्त मार्चपासमा सबै पेसागत संगठनका साथै सर्वसाधारणको पनि सहभागिता रहने उहाले बताए । श्रे

ष्ठले बालुवाटारमा नै धेरै कुरा तय हुने भएको र प्रधानन्यायाधीश लुकेर सर्वोच्च आइरहेकाले त्यसलाई रोक्न मार्चपास गरिएको जिकिर गरे । श्रेष्ठले प्रधानन्यायधिशको राजीनामा नआए शुक्रबार बारले अर्को चरणको आन्दोलनको घोषणा गर्ने स्पष्ट पारेका छन् ।

त्यस्तै बारमा आयोजित विरोध सभामा अधिवक्ता तथा मानव अधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारीले प्रधानन्यायाधीशलाई अव प्रधानन्यायधिशलाई पदमा बस्ने कुनै अधिकार नभएको बताएकी छन् । प्रधानन्यायधिशलाई भ्रष्टाचारको आरोप लाग्दा पनि सांसदहरु चूप लागेर बस्नु बिडम्वना भएको उनले बताए ।

यसअघि बारले प्रधानन्यायाधीशलाई महाभियोग लगाउनका लागि दलहरुलाई धारणापत्र बुझाएको थियो । \प्रधानन्यायाधीशले राजीनामा नदिए बाराले थप आन्दोलनका कार्यक्रमहरु अघि सार्ने चेतावनी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट