सरसफाई गर्ने कर्मचारीमाथि वडाध्यक्षको दुर्व्यवहार, आन्दोलन चर्किंदै-Sutra News

सरसफाई गर्ने कर्मचारीमाथि वडाध्यक्षको दुर्व्यवहार, आन्दोलन चर्किंदै

मंगलबार, ७ मंसिर २०७८

मंगलबार, ७ मंसिर २०७८

केही वडाध्यक्षले सरसफाइ  कर्मचारीलाई दुर्व्यवहार गरेको भन्दै जनकपुरधाम उपमहानगरपालिका कर्मचारी आन्दोलित भएका छन् ।



सोमबार जनकपुरधाम उपहानगरपालिका ३ ,४ र ७ का वडाध्यक्षहरूले सरसफाइ कर्मचारीलाई दुर्व्यवहार गरेको भन्दै कर्मचारीहरूले मंगलबार विरोध जुलुस प्रदर्शन गर्दै धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई ज्ञापनपत्रसमेत बुझाएका छन् ।

आफूअनुकूल काम नगर्दा वडाध्यक्षहरूले पटक-पटक कर्मचारीहरूमाथि दुर्व्यवहार गर्ने गरेको भन्दै दोषीलाई कारबाहीको माग गर्दै उनीहरूले ज्ञापन पत्र बुझाएका हुन्  ।

यता, सोमबार जनकपुरधाम-४ का वडाध्यक्ष शुर्दन सिंहसँग सरसफाइ कर्मचारीको विवाद भएको थियो । उक्त घटनालाई लिएर वडा नं. ३ ,४ र ७ का वडाध्यक्षहरूले सोमबार नै मेयर लालकिशोर साहको कार्यकक्षमा तालाबन्दी गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट