यी पाइलट: जसले ड्युटी सकिएको भन्दै रुकुम उडेको जहाजलाई नेपालगन्ज अवतरण गराए-Sutra News

यी पाइलट: जसले ड्युटी सकिएको भन्दै रुकुम उडेको जहाजलाई नेपालगन्ज अवतरण गराए

मंगलबार, ७ मंसिर २०७८

मंगलबार, ७ मंसिर २०७८

कहिलेकाहि यस्तो हुन्छ कहिँ नभएको जात्रा नेपालमा हुन्छ । घटना सोमबारको हो । नेपाल एयरलाइन्सको जहाज उडाउँदा उडाउँदै पाइलटको ड्युटी सकिएपछि गन्तव्यमा नपुगी विचैमा अवतरण भएको छ ।



काठमाडौबाट रुकुमको चौरजहारी विमानस्थलमा उडेको नेपाल एयरलाइन्स (नेवानि) को ट्विनअर्टर जहाज सोमबार साँझ नेपालगन्जमा ‘नाइट स्टप’ गरेको छ । पाइलट पेम्वा शेर्पाले तोकिएको ‘ड्यूटी आवर’ सकिएपछि विमान नेपालगन्जमै अबतरण गरेका थिए ।

हवाइ यात्रा गरिरहेका यात्रुहरूले भने यसलाई पाइलटको सनक भएको बताएका छन् । उनिहरुले पाइलटको सनकका कारण गन्तव्यमा नपुर्याइ विचैमा जहाज अवतरण गरिएको भन्दै असन्तुष्टि जनाएका छन् । जहाजमा ८ जना यात्रु रहेको नेवानीले जनाएको छ ।

किन बिचैमा जहाज अवतरण भसो ?

नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको प्रावधान अनुसार पाइलटका लागि एक दिनमा १० घण्टा वा १० पटकको ल्यान्डिङसम्म उडान गर्न पाउने भनि निश्चित समयावधि तोकिएको हुन्छ । सो अवधि भन्दा बढी पाइलटले जहाज उडाएमा एयरलाइन्स र पाइलट दुबैलाई नियामक निकायले कारवाही गर्ने प्रावधानका कारण पाइलट शेर्पाले यात्रुलाई गन्तव्यमा नपुर्याइ विचैमा अवतरण गर्नुपरेको नेवानिका एक जिम्मेवार अधिकारीले जानकारी दिए ।

ती अधिकारीका अनुसार बाध्यताबस सोमबार नेपालगन्जबाट चौरजहारी उडेको जहाजले नेपालगन्जमा नाइटस्टप गर्नुपरेको हो । उनले भने– ‘ड्यूटी आवरको सीमा मिच्न पाइन्न, त्यसैले जहाज नेपालगन्जमा अवतरण गरिएको हो ।’

गन्तव्यमा नपुर्याइ विचैमा जहाज अवतरण भएको घटनाप्रति चौतर्फि आलोचना भएपछि नेवानीका कार्यकारी अध्यक्ष युवराज अधिकारीले यस घटनाबारे आवश्यक जानकारी लिने र छानविन गर्ने काम भईरहेको बताए ।

पाइलटले गन्तव्यसम्म यात्रु नपुर्याएपछि यात्रुहरुलाई नेपालगञ्जकै होटलमा राखेर मंगलबार बिहान रुकुमको चौरजहारी पुर्याइएको नेवानीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट