केपी ओलीलाई प्रश्न- वरिष्ठ उपाध्यक्षमा कसलाई देख्न चाहनुहुन्छ ?-Sutra News

केपी ओलीलाई प्रश्न- वरिष्ठ उपाध्यक्षमा कसलाई देख्न चाहनुहुन्छ ?

मंगलबार, ७ मंसिर २०७८

मंगलबार, ७ मंसिर २०७८

काठमाडौँ । एमालेको १४ औं महाधिवेशनलाई लक्षित गर्दै अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गरेका छन् । उनले मंगलबार पत्रकार सम्मेलन गरेका हुन् ।



सम्मेलनमा उनलाई पत्रकारले ‘ वरिष्ठ उपाध्यक्षमा कसलाई देख्न चाहनुहुन्छ ?’ भनेर सोधेका थिए ।

उनले पत्रकारको प्रश्न दिंदै भने, ‘जो सर्वसम्मत रुपमा या बढी भोट ल्याएर निर्वाचित हुन्छ उसैलाई मैले मान्छु । ‘

त्यस्तै उनले कुनै  पनि पदमा चाहेको उम्मेदवारी दिन पाउनुपर्ने बताए । अहिले कार्यक्रम चल्दै छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावलको उम्मेदवारीलाई स्वभाविक रुपमा लिने बताएका छन् । अल्फाविटामा सम्पादकहरुसँग अन्तरक्रियामा अध्यक्ष ओलीले लोकतन्त्रमा चुनौती स्वभाविक भएको बताए ।

‘रावलजीले मलाई चुनौती दिनु भएको छ । मैले बढी खटेकाले आराम दिन खोज्नु भएको हो । उहाँको स्नेहपूर्ण सुझाववाट प्रभावित छु । रावलजीलाई मन पराउनेहरूले मैले विश्राम लिए हुन्छ भन्ने देखिन्छ । तर, रावलजीको मनमा यो छैन,’ उनले भने ।

अध्यक्ष ओलीले आफ्नो उम्मेदवारी टुंगो नलागेको पनि बताए । ‘म उठने/ नउठने कुनै टुंगो गरेको छैन । मलाई कसैले चुनौती दिन खोज्यो भने लोकतन्त्रमा चुनौती स्वाभाविक हो,’ उनले भने ।

आफू उठ्दा अरुले प्रतिस्पर्धा नगरोस भनेर आफूले नचाहने उनको भनाइ थियो । ‘म उठ्ने भएकाले अरू नउठुन भन्ने चाहन्नन । नउठोस् भनेर दबाब दिने छैन । सहमति हुँदैन भने मैले सहमति गर भनेर कर गर्दिन,’ उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट