सेन्चुरी बैंकको खाता ‘खल्ती’ सँग लिङ्क गराउँदा १ सय बोनस-Sutra News

सेन्चुरी बैंकको खाता ‘खल्ती’ सँग लिङ्क गराउँदा १ सय बोनस

मंगलबार, ७ मंसिर २०७८

मंगलबार, ७ मंसिर २०७८

सेन्चुरी बैंकको खाता अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ सँग लिङ्क गराउँदा १ सय रुपैयाँ बोनस प्राप्त हुने भएको छ ।



यो सुविधा पहिलो पटक बैंकको अकाउन्ट खल्तीसँग लिङ्क गर्ने प्रयोगकर्तालाई मात्र उपलब्ध हुनेछ । बोनस प्राप्त गर्न खल्तीमा केवाइसी भेरिफाइड भएको हुनुपर्नेछ ।

साथै प्रयोगकर्ताको ‘खल्ती’ वालेट र बैंक अकाउन्टमा राखिएको मोबाइल नम्बर एउटै भए मात्र बोनस पाइने बैंकले जनाएको छ ।

यो अफर मंसिर ३ गतेदेखि पुष ४ गतेसम्म लागू हुनेछ । साथै सय रुपैयाँ बोनस प्राप्त सँगै एक भाग्यशाली प्रयोगकर्ताले सामसुङ स्मार्टफोन जित्ने मौका पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट