कोभिड खोपको पारस्परिक मान्यताका लागि नेपाल र भारत सरकारबीच समझदारी-Sutra News

कोभिड खोपको पारस्परिक मान्यताका लागि नेपाल र भारत सरकारबीच समझदारी

मंगलबार, ७ मंसिर २०७८

मंगलबार, ७ मंसिर २०७८

नेपाल र भारत सरकारबीच कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेल र नेपालका लागि भारतीय राजदुत बिनयमोहन क्वात्राले हस्ताक्षर गरेका हुन् ।



मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रमका बीच खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो।

यो समझदारीसँगै अब नेपालमा लगाइएको खोपलाई भारतले मान्यता दिने र भारतमा खोप लगाएकाहरुलाई नेपालमा मान्यता प्राप्त हुने स्वास्थ्य सचिव डा. पोखरेलले जानकारी दिए ।

कोरोना महामारीपछि नेपाल र भारतबीच आवतजावतमा कुनै समस्या नहोस् भनेर सम्झौता गरिएको डा. पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट