लघुवित्त संस्थामाथि राष्ट्र बैंकको कडाइ, संगठित संस्थाको शेयरमा लगानी गर्न नपाइने-Sutra News

लघुवित्त संस्थामाथि राष्ट्र बैंकको कडाइ, संगठित संस्थाको शेयरमा लगानी गर्न नपाइने

मंगलबार, ७ मंसिर २०७८

मंगलबार, ७ मंसिर २०७८

नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाले कुनै पनि संगठित संस्थाको शेयरमा लगानी गर्न नपाउने कडा नीति ल्याएको छ । राष्ट्र बैंकले मंगलबार लघुवित्त वित्तीय संस्थाहरुलाई एकिकृत निर्देशन जारी गर्दै संगठित संस्थाको शेयर, डिबेञ्चर तथा सामूहिक लगानी कोषमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लगानी गर्न नपाइने व्यबस्था गरेको हो ।



नयाँ नीति अनुसार हाल कायम रहेका लगानीलाई २०७९ साल असार मसान्तभित्रमा अन्त्य गरिसक्नु पर्नेछ । यस अघि भने घ वर्गका संस्थाहरुले घ वर्गकै अन्य संस्थाहरुद्घारा जारी भएका शेयर सुरक्षणपत्र वा अन्य कुनै पुँजी उपकरणहरुमा मात्रै लगानी गर्न नपाइने ब्यबस्था थियो ।

अब भने कुनै पनि संगठित संस्थाको शेयर, डिबेञ्चर तथा सामूहिक लगानी कोषमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लगानी गर्न नपाइने एकीकृत निर्देशनमा व्यवस्था गरिएको छ ।

राष्ट्र बैंकले “घ” वर्गको इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७७ मा संशोधन परिमार्जन थप गरि सोही बमोजिम गर्न गराउन नयाँ निर्देशन जारी गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट