ओली मधेसीलाई ठग्ने मधेसी दलाल हुन्, दलालविरुद्ध लड्नुपर्छ- प्रचण्ड  -Sutra News

ओली मधेसीलाई ठग्ने मधेसी दलाल हुन्, दलालविरुद्ध लड्नुपर्छ- प्रचण्ड  

मंगलबार, ७ मंसिर २०७८

मंगलबार, ७ मंसिर २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली मधेसी जनताविरोधी खलनायक भएको आरोप लगाएका छन् ।



अखिल नेपाल शिक्षक संगठन एकताको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै दाहालले महन्थ ठाकुर र राजेन्द्र महतो खलनायक ओलीको पछाडि लाग्दा मधेसी जनताले स्पष्ट हुने मौका पाएको बताए । महन्थ र राजेन्द्रको नेगेटिभ रोलले माओवादीलाई फाइदा पुगेको उनको तर्क थियो ।

‘अहिले मधेसमा माओवादीको पक्षमा लहर आउँदैछ । जनता क्लियर छन् । हजारौ हजार उर्लिएर आउने अवस्था देखिएको छ । यसमा हाम्रो पोजेटिभ भूमिका छ । तर नेगेटिभ रोल पनि कम छैन । त्यसैले राजेन्द्र महन्थजीलाई धन्यवाद भनेको छु । तपाईहरुले केपी ओलीको अगाडि आत्मसमर्पण गरेर माओवादीलाई ठूलो गुन लाउनुभयो,’ उनले भने ।

नेपालमा संघीयता विरोधी, मधेसी जनता र पहिचान विरोधी खलनायक कोही छ भने एक नम्बर खलनायक केपी ओली हो भन्ने जनताले बुझेको दाहालको तर्क छ ।

‘मसिहा हु भन्ने नेताहरुले उसैका अगाडि आत्मसमर्पण गरिदिए र जनतालाई छ्यास हुन मद्दत गर्‍यो,’ उनले भने, ‘अहिले त्यसरी नेगेटिभ र पोजेटिभ मिल्न गएको छ । देशभरी पनि मिल्न गएको छ । पहाडमा पनि हिमालतिर पनि । मधेसीलाई ठग्ने मधेसी दलाल हुन् । पहाडीलाई ठग्ने पहाडी दलाल हुन् । दलालविरुद्ध लड्नुपर्छ ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट