नबिल बैंक र कोरियन रेमिट कम्पनी स्टारेमिटबीच सम्झौता-Sutra News

नबिल बैंक र कोरियन रेमिट कम्पनी स्टारेमिटबीच सम्झौता

मंगलबार, ७ मंसिर २०७८

मंगलबार, ७ मंसिर २०७८

नबिल बैंक र दक्षिण कोरियाको स्टारेमिटबीच रेमिट्यान्स सम्झौता भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र स्टारेमिटका तर्फबाट अध्यक्ष रुद्र शर्माले रेमिट्यान्स सम्झौतामा हस्ताक्षर गरेका हुन् ।



सम्झौता अनुसार दक्षिण कोरियामा रहेका नेपाली प्रवासी कामदारहरूले स्टारेमिटमार्फत नेपालमा सुरक्षित रूपमा रकम पठाउन र नेपालभरका १५ हजारभन्दा बढी नबिल रेमिट एजेन्टमार्फत रकम प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

ट्रान्सफर गरिएको रकम नेपालको प्रख्यात वालेट सेवा प्रदायकहरूको माध्यमबाट समेत तुरुन्तै कुनै पनि बैंक खातामा जम्मा गर्न सकिने बैंकले जनाएको छ ।

बैंकले आफ्ना रेमिटेन्स÷विप्रेषण ग्राहकहरूका लागि रेमिटरहरूका लागि विशेष विशेषता सहितको बचत निक्षेप (सेभिङ डिपोजिट) खाता, स्वदेशी/विदेशी प्रयोगको लागि स्मार्ट डिजिटल बैंकिङ सेवाहरू, र विशेष सरल कर्जा सुविधाहरू लगायतका थुप्रै सुविधा सहितका विस्तारित सेवाहरू प्रदान गर्दै आइरहेको उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट