आज र भोलि यी ठाउँहरुमा हिमपात र वर्षा-Sutra News

आज र भोलि यी ठाउँहरुमा हिमपात र वर्षा

बुधबार, ८ मंसिर २०७८

बुधबार, ८ मंसिर २०७८

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । विभागका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन।



२०७८ मंसिर ०८ गते (बुधबार) 

दिउँसो : प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको  पहाडी भू-भागहरुमा  आँशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा हल्का वर्षा  र उच्च पहाडी तथा हिमाली भु-भागहरुका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती :  देशका पहाडी भू-भागहरुमा  आँशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागहरुका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०७८ मंसिर ०९ गते (बिहिबार) 

दिउँसो : देशको  पहाडी भू-भागहरुमा  आँशिक देखी सामान्य बदली रही वाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा हल्का वर्षा  र उच्च पहाडी तथा हिमाली भु-भागहरुका एक/दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती :  प्रदेश १, बागमती र गण्डकी प्रदेशको  पहाडी भू-भागहरुमा  आँशिक देखी सामान्य बदली र लुम्विनी र कर्णाली प्रदेशका पहाडी भूभागमा आँशिक बदली रही वाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा हल्का वर्षा  र उच्च पहाडी तथा हिमाली भु-भागहरुका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०७८ मंसिर १० गते (शुक्रबार) 

दिउँसो : प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको  पहाडी भू-भागहरुमा  आँशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली  रहने छ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा हल्का वर्षा  र उच्च पहाडी तथा हिमाली भु-भागहरुका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती :  देशका पहाडी भू-भागहरुमा  आँशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागहरुका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

देशका प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागका एक/दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहनुको साथै देशभर चिसो वढ्ने क्रममा समेत रहने देखिएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट