सर्वोच्च अदालतमा देखिएको समस्या तत्काल समाधान नभए राजनीतिक कदम चालिन्छ – प्रचण्ड-Sutra News

सर्वोच्च अदालतमा देखिएको समस्या तत्काल समाधान नभए राजनीतिक कदम चालिन्छ – प्रचण्ड

बुधबार, ८ मंसिर २०७८

बुधबार, ८ मंसिर २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतमा देखिएको समस्या तत्काल समाधान नभए राजनीतिक कदम चालिने बताएका छन् ।



बुधवार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले न्यायालयको समस्या न्यायालयबाटै हुनुपर्ने बताए ।

‘न्यायालयमा अहिले जस्तो समस्या देखिएको छ, त्यो न्यायालयबाट नै हुनुपर्छ भन्ने हामीले ठानेका छौं,’ अध्यक्ष प्रचण्डले भने, ‘त्यहाँ कुनै निकास निस्किएन भने गठबन्धनले राजनीतिक कदम चाल्छ ।

उनले सत्तारूढ गठबन्धनमा अहिलेसम्म सर्वोच्च अदालतका बारेमा कुनै छलफल नभएको बताए ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसियसनले आन्दोलन गरिरहेको छ । त्यस्तै जबराइतरका न्यायाधीशहरूले पनि बन्दी प्रत्यक्षीकरणबाहेक अन्य मुद्दाको इजलासमा बसेका छैनन् ।

केही दिनअघि सर्वोच्च अदालतको फूल कोर्ट बसेर गोलाप्रथाद्वारा पेशी तोक्ने निर्णय गरेको थियो । तर त्यतिले मात्र विवाद हल हुन सकेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट