नेकपा एमालेको दशौँ महाधिवेशनका लागि छानिएको गैंडाको मस्कट बनाउन साढे तीन लाख खर्च भएको छ ।
दश दिन लगाएर निर्माण गरिएको गैंडाको मस्कट सूर्य मध्यरातसहित १० जनाको टीमले बनाएको हो ।
यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनका लागि बनाइएको गैंडाको मस्कटले कम्युनिस्ट पार्टीको झण्डा बोकेको छ । गत कात्तिक २६ गते लोगो सार्वजनिक गरिएको थियो ।
त्यस्तै एमाले केन्द्रीय कार्यालयले महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बताएको छ । महाधिवेशनका लागि आवश्यक मंच निमाण, सुरक्षा व्यवस्था, खानपान तथा बसोबासलगायतका सबै तयारी अन्तिम चरणमा पुगेको छ ।
महाधिवेशनका लागि नेता कार्यकर्ताहरू देशका विभिन्न ठाउँहरूबाट चितवन जान शुरू गरिसकेका छन् । नारायणी नदीको किनारमा उद्घाटन सत्र र सौराहामा बन्द सत्र कार्यक्रम संचालन गरिनेछ ।