माओवादी केन्द्रका नेता बन्जाडेको मोटरसाइकल दुर्घटनामा निधन-Sutra News

माओवादी केन्द्रका नेता बन्जाडेको मोटरसाइकल दुर्घटनामा निधन

बुधबार, ८ मंसिर २०७८

बुधबार, ८ मंसिर २०७८

नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा रुपन्देही जिल्लाका इञ्चार्ज रामप्रसाद बञ्जाडे ‘टंकमणि’को दुर्घटनामा मृत्यु भएको छ ।



दाङको भालुवाङ्गमा भएको कार्यक्रम सकेर गएराति बुटवल फर्कँदै गर्दा उनी चढेको लु २६ प ५८९८ नम्बरको मोटरसाइकललाई ना ७ ख ९०६ नम्बरको बसले जितगढीमा ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका ५५ वर्षीय बञ्जाडेको विहान लुम्बिनी सिटी अस्पतालमा निधन भएको माओवादी केन्द्र बुटवलका संयोजक पुष्पराज ढकालले जानकारी दिए ।

मोटरसाइकल चालक पाल्पा रामपुरका जीतबहादुर थापाको बुटवलको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट