चार महिनामा १५ हजार सवारी चालकलाई कारबाही-Sutra News

चार महिनामा १५ हजार सवारी चालकलाई कारबाही

बुधबार, ८ मंसिर २०७८

बुधबार, ८ मंसिर २०७८
फाइल तस्बिर

जिल्ला ट्राफिक कार्यालयले चार महिनाको अवधिमा झण्डै १५ हजार सवारीसाधनका चालकलाई कारबाही गरेको छ । गत साउनदेखि कात्तिक मसान्तसम्म १४ हजार ९५० सवारीसाधनका चालकलाई कारबाही गरिएको छ ।  ट्राफिक नियमविपरीत सवारीसाधन चलाउँदा कारबाही गर्दा रु एक करोड एक लाख ६४ हजार राजश्व सङ्कलन भएको छ ।



कारबाहीमा पर्नेमा अधिकांश मोटरसाइकल चालक छन् । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा २७ सवारीसाधन दुर्घटनामा परेका थिए । दुर्घटनामा १२ जनाको मृत्यु हुनुका साथै ४० घाइते भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक डोलिन्द्रबहादुर हमालले जानकारी दिए। पृथ्वी राजमार्गमा सवारीसाधन दुर्घटना न्यूनीकरण गर्न तीव्रगति नियन्त्रण गर्नका लागि गत असोज ३ गतेदेखि राडरगनको प्रयोग गरिएको छ ।

ट्राफिक व्यवस्थापनका लागि विभिन्न स्थानमा १४४ थान ट्राफिक कोण, ट्राफिक सङ्केत र होडिङबोर्ड राखिएको छ । उनले भने, “सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी ४३ कक्षा सञ्चालन गर्दा सात हजार ६४० जना लाभान्वित भएका छन् ।”

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट