बुधबार पनि सुनचाँदीको मूल्यमा भारी गिरावट-Sutra News

बुधबार पनि सुनचाँदीको मूल्यमा भारी गिरावट

बुधबार, ८ मंसिर २०७८

बुधबार, ८ मंसिर २०७८

काठमाडौँ ।  साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्यमा फेरी गिरावट आएको छ । आज सुन ५ तोलामा ५ सय रुपैयाँले घटेको हो ।



मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएकोमा आज पाँच सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार तेजाबी सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार २७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्यमा पनि ३० रुपैयाँले गिरावट आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट