यी हुन् २ लाख भन्दा सस्ता मोटरसाइकल, फाइनान्सको समेत सुविधा-Sutra News

यी हुन् २ लाख भन्दा सस्ता मोटरसाइकल, फाइनान्सको समेत सुविधा

बुधबार, ८ मंसिर २०७८

बुधबार, ८ मंसिर २०७८

काठमाडौं । पछिल्लो समय नेपालमा मोटरसाइकल र इन्धनको मूल्य बढ्दो क्रममा रहँदा धेरैलाई कुन कस्तो मोटरसाइकल किन्ने भन्ने एकिन गर्न कठिन भएको छ । त्यसमाथि सरकारले वार्षिक कर हरेक वर्षजस्तो बढाउँदा सामान्य आम्दानी भएका मानिसलाई मोटरसाइकल राख्न झनै कठिन भएको छ ।



नेपालमा उपलब्ध अधिकांश १५० सीसी मोटरसाइकलको मूल्य ३ लाखदेखि ४ लाखसम्म पुग्न लागेको अवस्था छ । यसले आफ्नो दैनिकी चलाउन सामान्य साधन खोज्ने मानिसलाई झनै अफ्ठ्यारो बन्दै गएको छ ।

कोभिड १९ को संक्रमणपछि भारतमा नै मोटरसाइकलको मूल्य वृद्धि भएको कारण नेपालमा समेत लगातार मूल्य वृद्धि भइरहेको हो । हाल १२५ सीसी सेग्मेन्टका मोटरसाइकलको मूल्यसमेत आकाशिएको छ । लगातारको मूल्य वृद्धिका कारण १२५ सीसी सेग्मेन्टक धेरैजसो मोटरसाइकलको मूल्य २ लाख ५० हजार रुपैयाँ हारहारी पुगेको छ ।

यस्तोमा अहिले पनि बजारमा केही मोडलका उत्कृष्ट मोटरसाइकल २ लाखभन्दा कम मूल्यमा उपलब्ध रहेका छन् ।

टीभीएस रेडीअन

टीभीएसले विक्री गर्ने सबैभन्दा सस्तो मोटरसाइकल टीभीएस रेडीअन हो । ११० सीसी क्षमताको इन्जिन जडान भएको टीभीएस रेडीअन मोटरसाइकल सिटी राइडका लागि उपयुक्त मानिन्छ । यो मोटरसाइकल नेपालको तराई भेगमा धेरै रुचाइएको पाइन्छ ।

यसमा रहेको ११० सीसी इन्जिनले ८.४ हर्सपावर र ८.७ एनएम टर्क जेनेरेट गर्छ । यसमा ४ स्पीडको गियरबक्स रहेको छ । टीभीएसको आधिकारी विक्रेता जगदम्वा मोटर्सले १ लाख ९० हजार ९०० रुपैयाँ मूल्य निर्धारण गरेर यसको विक्री गर्दै आएको छ ।

बजाज प्लाटीना

बजाजले विक्री गर्ने २ लाखभन्दा कम मूल्यको मोटरसाइकलको लिस्टमा बजाज प्लाटीना पर्छ । बजाजको आधिकारीक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले १ लाख ८९ हजार ९०० रुपैयाँ विक्री गर्दै आएको बजाज प्लाटीनामा १०२ सीसी क्षमताको इन्जिन रहेको छ । उक्त इन्जिनले ८.२ पीएस पावर तथा ८.६ एनएम टर्क जेनेरेट गर्छ । यसमा पनि ४ स्पीडको गियरबक्स पाउन सकिन्छ ।

हिरो एचएफ डिलक्स

एनजीएम हिरोले नेपालमा विक्री गर्ने सबैभन्दा सस्तो मोटरसाइकल हिरो एचएफ डिलक्स हो । यो मोटरसाइकल २ लाखभन्दा कम मूल्यमा विक्री हुँदै आएको छ । हिरो एचएफ डिलक्समा ९७.२ सीसी क्षमताको एयर कुल्ड इन्जिन पाउन सकिन्छ । उक्त इन्जिनले ८.३६ पीएस पावरका साथै ८.०५ एनएम टर्क उत्पादन गर्छ । यसमा पनि ४ स्पीड गियरबक्स रहेको छ । यसको मूल्य १ लाख ७८ हजार रुपैयाँ तोकेर विक्री हुँदै आएको छ ।

होन्डा सीडी ड्रिम

होन्डाको सबैभन्दा सस्तो मोटरसाइकल सीडी ड्रिम २ लाखभन्दा कम मूल्यको मोटरसाइकल हो । सिडी ड्रिममा ११० सीसी क्षमताको इन्जिन रहेको छ । यसले ८.२५ बीएच पावर तथा ८.६३ एनएम टर्क जेनेरेट गर्छ । यसमा ४ स्पीडको गियरबक्स रहको छ । स्याकार ट्रेडिङले विक्री गर्ने सीडी ड्रिमको मूल्य १ लाख ९१ हजार ९०० रुपैयाँ रहेको छ ।

सुजुकी हायाते

सुजुकीले विक्री गर्ने सबैभन्दा सस्तो मोटरसाइकल हायाते हो । यसमा ११३ सीसी क्षमताको इन्जिन रहेको छ । यसले ८.७ पीएस पावर तथा ९.३ एनएम टर्क जेनेरेट गर्छ । यसमा ४ स्पीडको गियरबक्स रहेको छ । भीजी सुजुकीले विक्री गर्ने यो मोटरसाइकलको मूल्य १ लाख ९९ हजार ९०० रुपैयाँ रहेको छ । यी सबै मोटरसाइकलमा फाइनान्सको समेत सुविधा दिने गरिन्छ ।

मेरोअटोबाट 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट