गाई र साँढेको भव्य विवाह, १८ लाख खर्च-Sutra News

गाई र साँढेको भव्य विवाह, १८ लाख खर्च

बुधबार, ८ मंसिर २०७८

बुधबार, ८ मंसिर २०७८

छिमेकी भारतमा बरु मानिसको बिहेको कसैलाई मतलब हुँदैन होला तर जनावरको बिहे भने निकै भव्य तथा सभ्य ढंगले हुन्छन् बेला बेलामा । कहिले बाँदरको बिहे त कहिले कुकुरको बिहे । अनि यस पटक भने लाखौँ रुपैयाँ खर्च गरी गाईको बिहे गरिएको छ ।



भातरको गुजराँतको भावनगर गाउँमा हालै एउटा गाइको साँढेसँग भव्य विवाह गराइएको छ । अब ती बेहुला बेहुलीलाई जिवन पर्यन्त सँगै बाँधिनेछ ।

बेहुली गाइको नाम पूनम र बेहुलो साँढेको नाम अर्जुन हो । विवाहमा पुनम र अर्जुनलाई फूलका मालाले सजाइएको ट्रकमा राखेर घुमाइएको थियो । पुनमलाई सक्कली गहना लगाइदिइएको थियो । पुनमले सिल्कको साडी लगाएकी थिइ जसको मूल्य साढे ४ हजार भारु पर्दथ्यो । बेहुलो अर्जुन पनि कम थिएन । निकै मज्जाले सजिएको थियो ।

बेहुली गाइका मालिक विजयभाइले उक्त गाइ आफ्नो छोरी समान रहेको र आफुले पशुप्रतिको प्रेमको प्रतिकका रुपमा गाइको बिहे भव्य रुपमा गरिदिएको बताए ।

बिहेमा बेहुलो साँढे अर्जुनका मालिकका तर्फबाट जन्ती पनि आएका थिए । हिन्दु रितिरिवाज अनुसार बिहे भयो र ३ सय भन्दा बढि पाहुना त्यहाँ उपस्थित भए ।

बिहेमा झण्डै १८ लाख भारु खर्च भएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट