निगमले भन्यो- निर्णयअनुसार नै रुकुम जाने विमानलाई नेपालगञ्ज अवतरण गराइएको हो  -Sutra News

 निगमले भन्यो- निर्णयअनुसार नै रुकुम जाने विमानलाई नेपालगञ्ज अवतरण गराइएको हो  

बुधबार, ८ मंसिर २०७८

बुधबार, ८ मंसिर २०७८

नेपाल वायुुसेवा निगमले निगमको निर्णयअनुसारै रुकुम जाने विमानलाई नेपालगञ्ज अवतरण गराइएको स्पष्ट पारेको छ । निमगले बुधबार विज्ञप्ति जारी गरेर मौसम प्रतिकुलताले निर्धारित समयमा जहाज उड्न नसक्दा र अन्तर्राष्ट्रिय नियमअनुसार ड्युटी समयभन्दा बढी पाइलटको काममा लगाउन नसकिने भएकाले रुकुम जाने जहाजलाई नेपालगञ्ज अवतरण गराउने निर्णय गर्नुपरेको स्पष्ट पारेको हो ।



निगमले जारी गरेको विज्ञप्ति :

मिति२०७८ मंसिर गते

काठमाडौं रुकुम नेपालगन्ज उडान सम्बन्धमा नेपाल वायुसेवा निगमको ध्यानाकर्षण

मिति २०७४ मंसिर गतेको लागि तय भएको काठमाडौंरुकुम (सल्ले) उडान सम्बन्धमा निगमको ध्यानाकर्षण भएको सो सम्बन्धमा सत्यतथ्य विवरण स्पष्ट पार्न चाहान्छौ आइतबार बिहान ६ः१५ मा उडान हुने जहाजको लागि .१५ मा उडान कर्मचारीहरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बोलाइएको थियो तर मौसम प्रतिकुलताका कारण काठमाडौंस्कुम (सल्ले) उडान हुन नसकेपछि उडान रद्द गरिएको थियो मौसममा क्रमिक सुधार आएपछि रद्द भएको उडान अपरान्ह २ः१५ बजेको लागि पुनः सञ्चालन गर्ने तालिका तय भयो त्यसपछि विमान चालक÷परिचारक एवं यात्रुलाई फोन गरेर पुनः विमानस्थल बोलाइयो

तर उडान रद्द भएर घर फर्किएका यात्रुहरुलगायत सबैजना आइपुगेर उडान भर्न लाग्दा अपरान्ह २ः ५८ भएको थियो काठमाडौरुकुम (सल्ले) उडान भरिसक्दा अपराह्नको कम्तिमा बज्ने अवस्था थियो अर्कोतर्फ, बिहान ५ः१५ बजे देखि नै ड्युटी सुरु भएको विमान चालकको ड्युटी आवर बजे पुरा भइसक्ने तोकिएको ड्युटी आवरभित्र रुकुम पुगेर नेपालगन्ज फकिन असमर्थ हुने अवस्था आएपछि नेपालगन्जसम्म मात्र उडान भर्ने निर्णय भएको थियो

 हवाइ उडान सम्बन्धी नियामक निकाय अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन÷नेपाल नागरिक उड्यन प्राधिकरणको उडानसम्बन्धी नियमले पाइलटको फ्लाइट डयूटी अवधि दैनिक १० घण्टाको सिमा निर्धारण गरेको कारण त्यस दिन रुकुम (सल्ले) उडान नगर्ने निर्णय भएको थियो रुकुम नेपालगन्ज जाने यात्रुहरुलाई काठमाडौमै राखीरहनु भन्दा नेपालगन्ज सम्म पुयाएर स्कुम जाने यात्रुहरुलाई निगमको. नियमानुसार होटलमा राखी भोलिपल्ट विहानै रुकुम पुयाउनु पर्ने अवस्था निगमको बाध्यता उचित निर्णय पनि थियो। पुनश्चः निगमले मध्ये पश्चिम तथा सूदुर पश्चिम क्षेत्रलाई मध्येनजर गर्दै विगत एक महिनादेखि व्यावसायिक÷उद्धार उडान समेत सञ्चालन गर्दै आइरहेको सन्दर्भमा निगमसँग विमानको न्युनताको कारण अर्को दिनको उडान तालिकामा समेत कुनै असर नपुगोस् भन्ने हेतुले अन्तिम विकल्प स्वरुप उक्त निर्णय लिनु परेको हो विविध प्राविधिक अड्चन तथा अन्य विविध कारणवश् हुन पुगेको यस घटना उप्रान्त दोहोरिन नदिने प्रतिवद्धता जाहेर गर्दछौ।

अर्चना खड्का
संयोजकमिडिया सेल

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट