म प्रधानमन्त्री होइन तर प्रधानमन्त्रीभन्दा कम पनि छैन- प्रचण्ड-Sutra News

म प्रधानमन्त्री होइन तर प्रधानमन्त्रीभन्दा कम पनि छैन- प्रचण्ड

बुधबार, ८ मंसिर २०७८

बुधबार, ८ मंसिर २०७८

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू अहिले प्रधानमन्त्रीको कुर्सीमा नभए पनि आफू प्रधानमन्त्री शेरबहादुर देउवाभन्दा कुनै किसिमले कम नभएको बताएका छन् ।



कैलालीको भजनी नगरपालिकामा आयोजना गरिएको एक कार्यक्रमा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।  ‘अहिले म प्रधानमन्त्री छैन । तर प्रधानमन्त्रीभन्दा कम पनि छैन ।’ उनले भने ।

त्यस्तै उनले तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले भनेको नमान्दा सरकारबाट बाहिरिनुपरेको उल्लेख गरे ।

उनले हिजोको एक कार्यक्रममा पनि प्रधानमन्त्रीकै कुरा चर्चामा ल्याएका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई ५ वर्षका लागि प्रधानमन्त्री बन्नु भनेको तर आफूले नमानेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट