सर्वोच्चमा न्यायाधीशहरुको ‘फुलकोर्ट’ बैठक, प्रधानन्यायाधीश राणा अनुपस्थित-Sutra News

सर्वोच्चमा न्यायाधीशहरुको ‘फुलकोर्ट’ बैठक, प्रधानन्यायाधीश राणा अनुपस्थित

बुधबार, ८ मंसिर २०७८

बुधबार, ८ मंसिर २०७८

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशहरूको फुलकोर्ट बैठक बसेको छ ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको भूमिकामा असन्तुष्टि देखाएका न्यायाधीशहरुको सक्रियतामा आज फुलकोर्ट बैठक बसेको हो ।



फुलकोर्ट बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा भने उपस्थित भएनन् ।

यसअघि गत बुधबार सर्वोच्च अदालतका न्यायाधीशहरू फुलकोर्ट बसेर पेसी व्यवस्थापन गोलाप्रथाबाट गर्ने निर्णय गरेका थिए । उक्त निर्णयलाई प्रधानन्यायाधीशले सदर गरेपछि त्यसबमोजिम सर्वोच्च अदालत नियमावलीमा संशोधन गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट