काँग्रेस अधिवेशन- अछाममा कसरी भेटियो खसेको भन्दा १८ बढी मत ?-Sutra News

काँग्रेस अधिवेशन- अछाममा कसरी भेटियो खसेको भन्दा १८ बढी मत ?

बुधबार, ८ मंसिर २०७८

बुधबार, ८ मंसिर २०७८

नेपाली कांग्रेस अछामकाे दुवै निर्वाचन क्षेत्रमा मंगलबार भएकाे अधिवेशनअन्तर्गतकाे चुनावकाे मतगणना भइरहेको छ।



प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा भने अन्तिम मत परिणाम सार्वजनिक हुने तयारीमा छ।

निर्वाचन क्षेत्र नं. १ मा भने खसेको मतभन्दा बढी १८ मत पेटिकामा भेटिएका छन् । ७६४ मतदाता रहेको निर्वाचन क्षेत्रमा ७४७ मत खसेको भए पनि ७६५ मतपत्र भेटिएका छन् ।

खसेकाेभन्दा बढी मतपत्र भेटिएपछि अहिले सराेकारवालाहरू छलफलमा जुटेकाे निर्वाचन अधिकृत गणेशप्रसाद ढुंगानाले बताए।

अपडेट : फर्जी मत खसेको भन्दै अछाम १ मा मतगणना स्थगित 

फर्जी मत खसेको भन्दै अछाम १ मा कांग्रेस अधिवेशनको मतगणना स्थगित भएको छ । अछाम क्षेत्र १ मा मतदाताभन्दा १८ मत बढी भेटिएको भन्दै मतगणना कार्य स्थगित भएको हो ।

कुल मतदाता संख्या ७६४ रहेको क्षेत्र १ मा ७५७ मत खसेको निर्वाचन कमिटीले जनाएको थियो । मत गणनाको क्रममा ४१७ मतगणनापछि बाँकी रहेका मतपेटिका खोलेर जम्मा मतपत्र संख्या ७७५ पुगेको उम्मेदवारहरूले बताएका छन् ।
 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट