‘आदेश देउ विप्लव दाइ युद्ध गर्न तयार छौं’-Sutra News

‘आदेश देउ विप्लव दाइ युद्ध गर्न तयार छौं’

बुधबार, ८ मंसिर २०७८

बुधबार, ८ मंसिर २०७८

सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आठौँ पार्टी पुनर्गठन दिवसको उपलक्ष्यमा  बुधबार र्‍यालीसहित सभाको आयोजना गरेकोे छ। चौतारा बजारको भिन्तुनाचोकबाट निकालिएको र्‍याली मुख्य बजार हुँदै टुंडिखेलमा पुगेर सभामा परिणत भएकाे थियाे ।



र्‍यालीमा सहभागीहरूले ‘दलालहरु होसियार’, ‘एमसीसी मुर्दावाद’, ‘मूल्यवृद्धि खारेज गर’, ‘आदेश देउ विप्लव दाइ युद्ध गर्न तयार छौं’, ‘एकीकृत जनक्रान्ति जिन्दावाद’, जस्ता नारा लगाएका थिए ।

त्यस्तै चितवनमा पनि पार्टी पुनर्गठको उपलक्ष्यमा दीप प्रज्वलन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट