प्रधानन्यायाधीश राणालाई पदमुक्त गर्न देउवाको कार्यकक्षसम्म मार्चपास गरिंदै-Sutra News

प्रधानन्यायाधीश राणालाई पदमुक्त गर्न देउवाको कार्यकक्षसम्म मार्चपास गरिंदै

बिहिबार, ९ मंसिर २०७८

बिहिबार, ९ मंसिर २०७८

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई पदमुक्त गर्न माग गर्दै आज बिहीबार सर्वाेच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गरिँदैछ ।



प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दैै आन्दोलनरत नेपाल बार एसोसिएसन र अन्य पेशागत संघसंस्थाले आज दिउँसो २ बजे संयुक्त रुपमा ‘न्याय मार्चपास’ गर्न लागेका हुन् ।

नेपाल बार, सर्वाेच्च बार,बृहत् नागरिक आन्दोलन, नेपाल शिक्षक महासंघ,  नेपाल पत्रकार महासंघ, नेपाल इन्जिनियर्स एसोसिएसन, नेपाल जनस्वास्थ्य संघ र नेपाल आदिवासी जनजाति महासंघको आयोजनामा मार्च पास हुँदैछ ।

चरणवद्ध आन्दाेलनमा रहेकाे बारले यसअघि प्रतिनिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई ध्यानाकर्षणपत्र बुझाइसकेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट