एभरेष्ट बैंकको साधारणसभा पुस १ गते, १०.३२ प्रतिशत लाभांश पारित गर्ने-Sutra News

एभरेष्ट बैंकको साधारणसभा पुस १ गते, १०.३२ प्रतिशत लाभांश पारित गर्ने

बिहिबार, ९ मंसिर २०७८

बिहिबार, ९ मंसिर २०७८

एभरेष्ट बैंकले पुग १ गते बार्षिक साधारणसभा डाकेकोछ । सभामा गत बर्षको नाफाबाट प्रस्ताव गरिएको लाभांश अनुमोदनको एजेण्डा लगिँदैछ ।



भर्चुअल माध्यमबाट हुने बार्षिक साधारणसभामा १०.३२ प्रतिशत लाभांशको एजेण्डा लगिँदैछ । बैंक सञ्चालक समितिले चुक्ता पुँजीको ६ प्रतिशतका दरले बोनस सेयर र ४.३२ प्रतिशतका दरले नगद लाभांश प्रस्ताव गरेको छ ।

बैंकको चुक्ता पूँजी ८ अर्ब ८९ करोड रुपैयाँ छ । अब बोनस सेयरपछि पुँजी ९ अर्ब ४२ करोड नाघ्ने छ । बैंकको लाभांश पोहोरभन्दा थोरै कम भएपनि बोनस सेयर भने पोहोरभन्दा बढि छ । पोहोर ५ प्रतिशत बोनस सेयर दिएकोमा यसपाली ६ प्रतिशत दिन लागेको हो ।

बैंकको जगेडा कोषमा ८ अर्ब ६२ करोड रुपैयाँ छ । बैंकले गत बर्ष एक अर्ब ४६ करोड रुपैयाँ वितरणयोग्य नाफा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट