ग्लोबल आइएमई बैंकका ग्राहकलाई टेलिकमको निःशुल्क मोबाइल डाटा-Sutra News

ग्लोबल आइएमई बैंकका ग्राहकलाई टेलिकमको निःशुल्क मोबाइल डाटा

बिहिबार, ९ मंसिर २०७८

बिहिबार, ९ मंसिर २०७८

ग्लोबल आइएमई बैंक र नेपाल टेलिकमबीच मोबाइल बैकिङ एप्लिकेशन ग्लोबल स्मार्ट र ग्लोबल स्मार्ट प्लस चलाउन निःशुल्क मोबाइल डाटा उपलब्ध गराउने विषयमा सम्झौता भएको छ ।



उक्त समझदारी पत्रमा बैंकको बजार तथा ब्यवसाय प्रवर्दन प्रमुख शान्ता शिवाकोटी र टेलिकमका प्रमुख ब्यापार अधिकृत संगीता पहाडीले हस्ताक्षर गरेका छन् ।

सम्झौतापश्चात अब नेपाल टेलिकमको सिम भएका बैंकका ग्राहकहरुले उक्त एप्लिकेसन चलाउन निःशुल्क मोबाइल डाटा प्राप्त गर्नेछन् ।

बैंकले आफ्ना ग्राहकलाई नवीनतम प्रविधिमा अभ्यस्त गराउँदै बैंक नै आफ्नो हातमा पुराउने उद्देश्यका साथ यो योजना सार्वजनिक गरेको उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट