‘महासचिव नपाए अरु पदमा उम्मेदवार दिन्न’-Sutra News

‘महासचिव नपाए अरु पदमा उम्मेदवार दिन्न’

बिहिबार, ९ मंसिर २०७८

बिहिबार, ९ मंसिर २०७८

नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले महासचिवभन्दा सानो पदमा उम्मेदवारी नदिने बताएका छन् ।



१०औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिका सहसंयोजक समेत रहेका पाण्डेले महासचिव नपाए कुनै पदाधिकारीमा नउठ्ने बताएका हुन् ।

महासचिव नपाए पनि सबै पदाधिकारीलाई मिलाएर लैजाने उनले दाबी गरे । शुक्रबारदेखि सुरू हुन लागेको महाधिवेशनमा सहभागी हुन चितवन रहेका उनले महासचिव पदमा दाबेदारी प्रस्तुत गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट