हरिनगरा, इटहरी र गौरमा युवासँग महालक्ष्मी लाइफ-Sutra News

हरिनगरा, इटहरी र गौरमा युवासँग महालक्ष्मी लाइफ

बिहिबार, ९ मंसिर २०७८

बिहिबार, ९ मंसिर २०७८

महालक्ष्मी लाईफ इन्स्योरेन्सले बीमा जागरण राष्ट्रिय अभियान अन्तर्गत शुरु गरेको युवासँग महालक्ष्मी लाइफ कार्यक्रम विभिन्न मितिमा सुनसरीको हरिनगरा, मोरङ्गको इटहरी र रौतहटको गौरमा सम्पन्न भएको छ ।



मंसिर ५ गते इटहरि नमुना कलेजमा ५० जना बिद्यार्थीको उपस्थिति रहेको उक्त कार्यक्रमको अध्यक्षता क्याम्पस चिफ डि. एन.न्यौपानेले गरेका थिए भने उक्त कार्यक्रममा बीमा सम्बन्धी चेतनामुलक प्रशिक्षण कम्पनीका वरिष्ठ सहायक महाप्रवन्धक प्रशान्त राज धमलाले प्रदान गरेका थिए ।

त्यसै गरी सोही दिन हरिनगरा माविमा करिव १५० जना जना बिद्यार्थीको उपस्थिति रहेको अर्को कार्यक्रममा बीमा सम्बन्धी चेतनामुलक प्रशिक्षण कम्पनीका वरिष्ठ सहायक महाप्रवन्धक प्रशान्त राज धमलाले प्रदान गरेका थिए ।

उक्त कार्यक्रममा बीमाको आवश्यकता र औचित्यबारे हरिनगरा शाखा प्रमुख सञ्जय शाह तथा उप क्षेत्रिय प्रमुख हिरा निरौलाले प्रकाश पारेका थिए ।

कार्यक्रमका अध्यक्ष तथा प्रधान अध्यापक बलराम मण्डलले समिक्षा मन्तब्य दिएका थिए ।

त्यसैगरी, मंसिर ६ गते गौरीशंकर बहुमुखी क्याम्पस, गौर, रौतहटमा ५० जना स्नातक तहका विद्यार्थी उपस्थित कार्यक्रमको अध्यक्षता क्याम्पस प्रमुख रमेश श्रीवास्तवले गरेका थिए ।

प्रमुख अथिति प्रशासकिय अधिकृत मोहन यादव रहेको उक्त कार्यक्रममा बीमाको महत्व बारे कम्पनीका गौर क्षेत्रका बजार प्रमुख राजेश कुमार शाहले प्रकाश पारेका थिए ।

उक्त कार्यक्रममा बीमा सम्बन्धी प्रशिक्षण क्षेत्रिय प्रमुख दिगम्बर प्रसादले प्रदान गरेका थिए ।

कार्यक्रममा सहभागिहरुले महालक्ष्मीको अभियानले जनस्तरमा बीमा बारे बुझ्न र समाजमा रहेका बीमा सम्बन्धी अन्यौललाई हटाउन सहयोग गर्ने विश्वास व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट