एमाले महाधिवेशन उद्घाटनमा प्रचण्ड नजाने-Sutra News

एमाले महाधिवेशन उद्घाटनमा प्रचण्ड नजाने

बिहिबार, ९ मंसिर २०७८

बिहिबार, ९ मंसिर २०७८

काठमाडौँ । सत्तारूढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार चितवनमा उद्घाटन हुने नेकपा (एमाले) को महाधिवेशनको उद्घाटनमा सहभागी नहुने भएका छन् ।



उनको अन्तै कार्यक्रम भएका कारण महाधिवेशनमा जान नसक्ने एक नेताले जानकारी दिए ।

प्रचण्डको सचिवालयका अनुसार प्रचण्ड भोलि काभ्रेका दुई कार्यक्रममा सहभागी हुँदैछन्।

महाधिवेशनको उद्घाटनमा सहभागी हुन केही दिनअघि एमाले नेता राजन भट्टराईले प्रचण्ड निवास खुमलटार पुगेर उनलाई निम्तो दिएका थिए।

एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि कार्यक्रममा निम्तो गरेको छ । अहिलेसम्म देउवा जाने बताइएको छ ।

यता नेकपा एकीकृत समाजवादीका नेताहरुलाई भने निम्तो गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट