थप ३०८ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु-Sutra News

थप ३०८ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

बिहिबार, ९ मंसिर २०७८

बिहिबार, ९ मंसिर २०७८

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ३०८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।



आज ८ हजार ९०९ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २८१ र एन्टिजेन विधिबाट २७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै यही अवधिमा थप २९८ जना सङ्क्रमणमुक्त भएका छन् भने थप ३ जनाले ज्यान गुमाएका छन् । हाल देशभर ७ हजार ३४९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट