एनआइसी एशियाले ल्यायो ‘सर्वश्रेष्ठ बचत खाता’ योजना, १० लाखसम्म दुर्घटना बीमा-Sutra News

एनआइसी एशियाले ल्यायो ‘सर्वश्रेष्ठ बचत खाता’ योजना, १० लाखसम्म दुर्घटना बीमा

बिहिबार, ९ मंसिर २०७८

बिहिबार, ९ मंसिर २०७८

एनआइसी एशिया बैंकले ‘सर्वश्रेष्ठ बचत खाता’ संचालनमा ल्याएको छ । बैंकले सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी नाता एनआईसी एशिया बैंकको सर्वश्रेष्ठ बचत खाता नारा दिएर उक्त नयाँ बचत खाता सार्वजनिक गरेको हो ।



उक्त खाताअन्तर्गत नयाँ खाता खोल्ने ग्राहकरुले ७.०५ प्रतिशत ब्याजदरको साथमा २४ सर्वश्रेष्ठ फाइदाहरु लिन सक्नेछन् । यस बचत खाता बचत खातामा सर्वाधिक उच्च वार्षिक ब्याजदर रहेको बैंकले जनाएको छ ।

साथै यस बचतखाता अन्तर्गत कर्जा सम्बन्धी, बीमा सम्बन्धी र अन्य १८ फाइदाहरु लिन सकिनेछ । कर्जा सम्बन्धी फाइदाअन्तर्गत ब्याजदर र प्रशासनिक शुल्कमा विशेष सहुलियत प्रााप्त गर्न सकिनेछ । साथै पूर्व स्वीकृत कर्जा सुविधा समेत लिन सकिनेछ ।

त्यस्तै यस सर्वश्रेष्ठ बचत खाता अन्तर्गत १० लाख रुपैयाँसम्मको घातक रोग बीमा र दुर्घटना बीमा प्राप्त गर्न सकिनेछ । साथै १ लाख रुपैयाँसम्मको औषधी उपचार खर्च प्राप्त गर्न सकिनेछ ।

यसबाहेक बैंकले उक्त खाताअन्तर्गत अन्य १८ वटा फाइदाहरु समेत लिन सकिने बैंकले जनाएको छ । जसअन्र्तगत कुनै पनि बैंकको कुनै पनि एटिएमबाट रकम निकाल्न शुल्क नलाग्ने, निशुल्क लकर सुविधा, ५ वर्षसम्म निःशुल्क डेबिट कार्ड/मोबाइल बैकिङ्ग/इन्टरनेट बैकिङ्ग, स्वीप इन स्वीप आउट सुविधा र अन्य १८ सर्वश्रेष्ठ फाइदाहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट