एमालेको १० औं राष्ट्रिय महाधिवेशन आजदेखि सुरु-Sutra News

एमालेको १० औं राष्ट्रिय महाधिवेशन आजदेखि सुरु

शुक्रबार, १० मंसिर २०७८

शुक्रबार, १० मंसिर २०७८

काठमाडौँ ।  नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आजदेखि, भव्य समारोहबीच नारायणी नदी किनारमा उद्घाटन  हुने भएको छ ।



नेकपा एमालेले आज मध्यान्ह १२ बजे भव्य समारोहबीच महाधिवेशनको उद्घाटन गर्दैछ। एमाले अध्यक्ष केपीशर्मा ओलीले महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

एमालेले नारायणी नदी किनारमा महाधिवेशन उद्घाटनका लागि भव्य मञ्च निर्माण गरेको छ। मञ्च निकै आकर्षक रुपमा निर्माण गरिएको छ ।

राति देखि नै जिल्लाका विभिन्न स्थानबाट आएका सवारी साधनहरुलाई आयोजकले व्यवस्थापन गर्ने उनीहरुको प्रबन्ध गर्ने काम गरिरहेको छ।

आजको उद्दाटनमा नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री  शेरबहादुर देउवा पनि उपस्थित हुने जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट