महाधिवेशनमा बाँडिएको मास्कमा ओलीको फोटो-Sutra News

महाधिवेशनमा बाँडिएको मास्कमा ओलीको फोटो

शुक्रबार, १० मंसिर २०७८

शुक्रबार, १० मंसिर २०७८

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन चितवनमा आजबाट शुरू हुँदैछ । आज साढे १२ बजेदेखि उद्घाटन हुने कार्यक्रम रहेको एमालेको महाधिवेशनमा बाँडिएको मास्कमा अध्यक्ष केपी शर्मा ओलीको फोटो राखिएको छ ।



एमालेले आफ्नो तर्फबाट बाँडेको मास्कमा ओलीको फोटो राखिएको हो । आफ्नो प्रचारका लागि ओलीले यसअघि भएको विधान महाधिवेशनमा पानीको बोतलमा आफ्नो फोटो राख्न लगाएका थिए ।

ओलीको फोटो छापिएको मास्क बाँडिएपछि केही नेताहरूले त्यसलाई व्याक्तिवादी सोचको पराकाष्ठा भनी टिप्पणी गरेका छन् ।

‘अध्यक्षको व्यक्तिवाद निकै पहिलादेखि नै देखिएको कुरा हो । कहिले पोलपोलमा, कहिले बोतलमा, कहिले मास्कमा उहाँको फोटो राखेर कम्युनिस्ट आचरणविपरित प्रचारबाजी गरिएको छ,’ एक नेताले भने ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट