एमाले महाधिवेशनले चितवन कांग्रेसको अधिवेशन प्रभावित-Sutra News

एमाले महाधिवेशनले चितवन कांग्रेसको अधिवेशन प्रभावित

शुक्रबार, १० मंसिर २०७८

शुक्रबार, १० मंसिर २०७८

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनले चितवन कांग्रेसको अधिवेशन प्रभावित भएको छ । एमालेको आजदेखि सुरु भएको महाधिवेशनका कारण अधिवेशन स्थगित गर्नुपरेको चितवन कांग्रेसले जनाएको छ ।



एमाले महाधिवेशनका कारण यातायातमा देखि कार्यकर्ताको व्यवस्थापनमा समेत असर पर्ने देखिएकाले अधिवेशन सार्ने निर्णय भएको कांग्रेस जिल्ला सभापति जितनारायण श्रेष्ठले बताए । उनले भने– ‘यातायात र कार्यकर्ताको बसाइमा समस्या पर्ने भएकाले जिल्ला अधिवेशन केही दिनका लागि पछि सार्ने निर्णय गरिएको हो ।’

प्रदेश तथा केन्द्रको महाधिवेशनका प्रतिनिधि चयन भइसकेकाले जिल्ला अधिवेशनपछि सार्दासमेत फरक नहुने हुनाले १७ गतेपछि जिल्ला अधिवेशन गर्न सिफारिस गरिएको नेताहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट