मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा, शेयर कर्जामा भएन पुनरावलोकन-Sutra News

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा, शेयर कर्जामा भएन पुनरावलोकन

शुक्रबार, १० मंसिर २०७८

शुक्रबार, १० मंसिर २०७८

नेपाल राष्ट्र बैंकले आफ्नो मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेको छ । राष्ट्र बैंकले शुक्रबार बिहान जुम मार्फत आर्थिक वर्ष २०७८र७९ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेको हो ।



राष्ट्र बैंकले गरेको मौद्रिक समिक्षाले भने शेयर बजारमा उत्साह थप्न सकेन । धेरैले गरेको अनुमान विपरित शेयर मार्जिन लोन ४र१२ नीतिमा कुनै पुनरावलोकन भएन ।

शेयर कर्जाको नीतिलाई यथावत राखिएकोमा कुनै पनि नीति लागू गर्दा लामो अनुसन्धान र अध्ययन पछि मात्र लागू गर्ने हुँदा मौद्रीक नीतिमा समेटिएका सबै नीतिहरु परिवर्तन गर्ने खालका नहुने राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले प्रतिक्रिया दिए ।

राष्ट्र बैंकले शेयर मार्जिन लोनका विषयमा यसभन्दा अगाडी आएको नीति पनि सहि भएको ठहर छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा एक व्यक्तिले एक बैंकबाट ४ करोड र समग्र बैंकिङ्ग प्रणालीबाट १२ करोड रुपैयाँसम्म मात्रै शेयर धितो कर्जा लिन पाउने व्यवस्था गरेको छ ।
राष्ट्र बैंकले शेयर कर्जा धितोमा गरेको व्यवस्थाको चौतर्फि आलोचना भएपछि मौद्रिक नीतिको त्रैमासिक समिक्षामा पुनरावलोकन हुने धेरैले अनुमान गरेका थिए ।

त्यस्तै, मौद्रिक नीतिको उपयुक्त कार्यदिशाअनुरुप विद्यमान अनिवार्य नगद अनुपात, बैंक दर र वैधानिक तरलता अनुपात यथावत राखिएको छ । बैंक तथा वित्तीय संस्थाहरुले कर्जा–निक्षेप अनुपात २०७९ असार मसान्तसम्ममा निर्धारित सीमाभित्र कायम गर्ने कार्ययोजना सञ्चालक समितिबाट स्वीकृत गराई यस बैंक समक्ष पेश गरी सोको कार्यान्वयन गर्नुपर्ने छ ।

राष्ट्र बैंकको त्रैमासिक समिक्षाले बैंक तथा वित्तीय संस्थाहरुलाइृ भने राहत मिलेको छ । उनिहरुलाई ९० प्रतिशत सीडी रेसियो कायमै राखिएपनि २०७९ असार मसान्तसम्ममा सञ्चालक समितिबाट पारित गराएर त्यसको कार्यान्वयन गर्न छुट दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट