रावलको उम्मेदवारी फिर्ता गराउने कसरत, रावल र ओलीबीच छलफल चल्दै-Sutra News

रावलको उम्मेदवारी फिर्ता गराउने कसरत, रावल र ओलीबीच छलफल चल्दै

शुक्रबार, १० मंसिर २०७८

शुक्रबार, १० मंसिर २०७८

काठमाडौँ । पार्टीको १०औं महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशन चितवनको नारायणी नदीको किनारमा हुन लागेको छ ।



पार्टीका सबै नेताहरु चितवन पुगिसकेका छन् । केही नेताहरु भने अझै पुग्ने तयारीमा रहेका छन् ।

एमालेको अध्यक्षमा हालका अध्यक्ष केपी शर्मा ओली र भीम रावलले उम्मेदवारी घोषणा गरेका छन् ।  ओलीलाई सर्वसम्मत रुपमा अध्यक्ष बनाउने चर्चा भइरहेका बेलामा नेतार रावलले केही दिनअगाडी मात्र उम्मेदवारी घोषणा गरेका थिए ।

चितवनको सौराहामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ नेतृत्व सम्बन्धमा सहमति जुटाउन अहिले छलफल गरिरहेका छन् ।

अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका भीम रावललाई पनि उनले छलफलमा बोलाएका छन्।

आफू बसेको सौराहास्थित पार्क सफारी रिसोर्टमा अध्यक्ष ओलीले शीर्ष तहका नेताहरूसँग छलफल गरिरहेका हुन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट