पृथ्वीसँग ठोकिन आएको उल्कापिण्डको बाटो बदल्न नासाले पठायो रकेट-Sutra News

पृथ्वीसँग ठोकिन आएको उल्कापिण्डको बाटो बदल्न नासाले पठायो रकेट

शुक्रबार, १० मंसिर २०७८

शुक्रबार, १० मंसिर २०७८

गत केही समयदेखि अन्तरिक्षमा एउटा विशाल उल्कापिण्ड पृथ्वीतर्फ बढिरहेको छ । उक्त उल्का पृथ्वीसँग ठोकिने सम्भावना कायमै रहेका बेला नासा (नेसनल एरोनोटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेसन)ले त्यसलाई रोक्न एउटा रकेट त्यसतर्फ पठाएको छ ।



नासाले उक्त उल्कापिण्डको बाटो बदल्नका लागि रकेट त्यसतर्फ पठाएको हो । नासाले डीएआरटी (डार्ट) मिसन अन्तर्गत क्यालिफोर्नियास्थित अन्तरिक्ष केन्द्रबाट पठाएको रकेटले उल्कापिण्डको बाटो बदल्ने ठानिएको छ ।

यसमा निजी अन्तरिक्ष कम्पनी स्पेस एक्ससमेत सामेल छ । उक्त कम्पनीको रकेट एउटा फूटबल मैदान बराबरको उल्कापिण्डमा ठोकिनेछ ।

आगामी वर्षको २६ सेप्टेम्बर देखि १ अक्टुबरको बीचमा रकेट उल्कापिण्डसँग ठोकिनेछ । यदि अहिलेको मिसन सफल भयो भने भविष्यमा पनि पृथ्वीसँग ठोकिने सम्भावना रहेका उल्कापिण्डको बाटो बदल्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट