प्रधामन्त्री देउवाले बार प्रतिनिधिहरुसँग भने– गठबन्धनभित्र छलफल गरेर निष्कर्ष निकालिन्छ-Sutra News

प्रधामन्त्री देउवाले बार प्रतिनिधिहरुसँग भने– गठबन्धनभित्र छलफल गरेर निष्कर्ष निकालिन्छ

शुक्रबार, १० मंसिर २०७८

शुक्रबार, १० मंसिर २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराका विषयमा देखिएको समस्या समाधानका लागि सत्तारुढ गठबन्धनसँग छलफल गरेर छिट्टै निष्कर्ष निकाल्ने बताएका छन् । नेपाल बार एशोसिएसनका पदाधिकारीहरुसँग आज भएको छलफलमा प्रधानमन्त्री देउवाले प्रधानन्यायाधीश एवं न्यायलयमा देखिएको समस्या समाधान हुनेगरि सबैसँग समन्वय गरेर छिटै निष्कर्ष निकाल्ने बताउका हुन् ।



बैठकको सुरूमा बारका पदाधिकारीले न्यायालयभित्रको अवस्था, जारी आन्दोलन र प्रधान्यायाधीशको बहिर्गमनको विषयमा कुरा उठाएका थिए ।

जवाफमा प्रधानमन्त्री देउवाले न्यायालयबारे जारी आन्दोलनबारे आफू अपडेट रहेको भन्दै छिट्टै निकास खोज्ने बताए । ‘मैले न्यायालयमा देखिएको समस्यालाई बुझेको छु । सबैसँग छलफल गरेर छिट्टै निष्कर्षमा पुग्नुपर्छ ।

छलफलमा सहभागि बारका एक प्रतिनिधिका अनुसार राजीनामा दिन अस्वीकार गरेका प्रधान्यायाधीश राणालाई महाभियोग लगाउनुपर्ने प्रधानमन्त्री देउवासँग प्रस्ताव गरिएको थियो । देउवाले प्रतिक्रियामा प्रस्तावलाई गम्भिर रुपमा लिएको बताए ।

प्रधानमन्त्री देउवाले नेकपा एमालेको महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन चितवन जानुपर्ने भएकाले छलफल छोट्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट