किमको ‘स्टाइल कपी’ गरेको भन्दै उत्तर कोरियामा छालाको ज्याकेट लगाउन प्रतिबन्ध-Sutra News

किमको ‘स्टाइल कपी’ गरेको भन्दै उत्तर कोरियामा छालाको ज्याकेट लगाउन प्रतिबन्ध

शुक्रबार, १० मंसिर २०७८

शुक्रबार, १० मंसिर २०७८

उत्तर कोरियाका शासक किम जोङ उनले आफ्ना देशका नागरिकलाई छालाको ज्याकेट लगाउन प्रतिबन्ध लगाएका छन् ।



आफूले लगाउने गरेको छालाको ज्याकेट अरू नागरिकले पनि लगाएको पाइएपछि उनले छालाको ज्याकेट नै लगाउन नपाउने नियम ल्याएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

डेली मेलमा प्रकाशित एक समाचारका अनुसार उत्तर कोरियाका शासक किमले छालाको ज्याकेट लगाउन थालेपछि धेरैले त्यस्तै लगाउन थालेका थिए । सन् २०१९ मा पहिलोपटक किम छालाको ज्याकेटमा देखिएका थिए । उनी यो ज्याकेटसहित राष्ट्रिय टेलिभिजनमा देखिएका थिए ।

त्यसपछि उत्तर कोरियामा किमकै स्टाइलमा छालाको ज्याकेट बढी प्रयोग गर्नेहरू निस्के । ज्याकेटको माग बढ्यो । विदेशबाट आयात बढ्न लाग्यो ।

तर अहिले किमले उक्त ज्याकेटको आयातमा प्रतिबन्ध लगाएका छन् र आफ्ना नागरिकलाई आफ्नो स्टाइल कपी नगर्न उर्दी जारी गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट