थाइल्याण्डमा उपचार हुन नसकेपछि वर्षमान पुनलाई चीन लगियो-Sutra News

थाइल्याण्डमा उपचार हुन नसकेपछि वर्षमान पुनलाई चीन लगियो

शुक्रबार, १० मंसिर २०७८

शुक्रबार, १० मंसिर २०७८

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनलाई उपचारका लागि थाइल्याण्डबाट चीन लगिएको छ ।



जन्डिसले सताएपछि गत असोज १३ गते उनलाई थाइल्याण्डको समितिभेज अस्पताल पुर्याइएको थियो ।

तर उनको त्यहाँ उपचार सम्भव नभएकाले उनलाई चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेन्जेनमा भर्ना गरिएको छ । उनलाई जटिल प्रकारको जन्डिस भएको उनीनिकट स्रोतको दाबी छ ।

उपचारका लागि चीन लैजान थाइल्याण्डकै डाक्टरहरूले उनलाई रेफर गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट