नेपाललाई मलेसियाविरुद्ध जितका लागि ९३ रनको लक्ष्य-Sutra News

नेपाललाई मलेसियाविरुद्ध जितका लागि ९३ रनको लक्ष्य

शुक्रबार, १० मंसिर २०७८

शुक्रबार, १० मंसिर २०७८

आईसीसी महिला टी २० विश्वकप एसिया छनोट अन्तर्गत आफ्नो चौथो खेलमा नेपालले मलेसियाविरुद्ध जितका लागि ९३ रनको लक्ष्य पाएको छ ।



दुबईस्थित आइसीसी एकेडेमी मैदानमा नेपालले टस जितेर बलिङ रोज्दै मलेसियालाई ब्याटिङको निम्तो दिएको थियो । जसमा मलेसियाले २० ओभरमा ७ विकेट गुमाएर ९२ रन बनाएको थियो।

मलेसियाका लागि एल्सा हन्टरले अविजित ३९ रन बनाइन् ।नेपालका लागि सबनम राईले २ तथा कविता कुँवर, सीता राना मगर र कप्तान रुबिना क्षेत्रीले समान १ विकेट लिए ।

नेपाल लगातार तेस्रो जित हात पार्ने योजनामा छ । पहिलो खेलमै हङकङसँग पराजित भएको नेपालले त्यसयता भुटान र कुवेतलाई सहजै हराएर शीर्ष स्थानमा रहेर ग्लोबल क्वालिफायर पुग्ने सम्भावना कायमै राखेको छ । त्यसका लागि नेपालले आज मलेसियालाई हराउनै पर्ने चुनौती छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट