प्रधानमन्त्री देउवा चितवनमा-Sutra News

प्रधानमन्त्री देउवा चितवनमा

शुक्रबार, १० मंसिर २०७८

शुक्रबार, १० मंसिर २०७८

चितवन । प्रधानमन्त्री शेरबहादुर देउवा चितवन आइपुगेका छन् । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्न देउवा चितवन आएका हुन् ।



नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा केहीबेरअघि मात्र हेलिकोप्टरबाट यहाँ आइपुगेका हुन् । प्रमुख जिल्ला अधिकारी आसमान तामाङका अनुसार देउवा दिउँसो १२ः४५ बजे भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा अवतरण भएका हुन् । केही बेरमा उनी कार्यक्रमस्थल नारायणी नदी किनारमा पुग्नेछन् । महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गरेपछि आजै उनी फर्कनेछन्। महाधिवेशनलाई सम्बोधन गर्न अन्य दलका प्रमुख एवं प्रतिनिधिसँगै विभिन्न देशबाट राजनीतिक दलका प्रतिनिधि यहाँ आएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीबाट भिडियो सन्देश प्राप्त भएको छ भने विभिन्न देशबाट त्यहाँका राजनीतिक दलहरुले शुभकामना सन्देश पठाएको नेकपा एमालेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट