५ महिनापछि प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीको एउटै स्टेजमा भेट-Sutra News

५ महिनापछि प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीको एउटै स्टेजमा भेट

शुक्रबार, १० मंसिर २०७८

शुक्रबार, १० मंसिर २०७८

भरतपुर । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सिंगल स्टेजमा भेट भएका छन् । उनीहरु झन्डै ७ महिनापछि एउटा स्टेजमा देखिएका हुन् ।



आजबाट शुरू भएको एमालेको १० औ महाधिवेशनमा निम्ता पाएका प्रधानमन्त्री देउवा र ओली कार्यक्रम स्थलमा भेट भएका हुन् । दुवै नेतालाई कार्यक्रममा एकैपटक स्वागत गरिएको थियो । २८ असारमा प्रधानमन्त्रीबाट सर्वाेच्च अदालतले ओलीलाई सत्ताच्यूत गरी देउवालाई नियुक्त गर्न बाध्यकारी आदेश दिएपछि दुई शीर्ष नेताहरुवीच भेटघाट तथा बोलचाल समेत भएको थिएन ।

गत असार २८ गते सर्वोच्च अदालतको परमादेशमार्फत ओली नेतृत्वको सरकार हटेपछि देउवा पाँच दलीय गठबन्धनको साथ पाएर प्रधानमन्त्रीमा नियुक्त  भएका थिए ।

असार २८ पछि ओली र देउवाको सम्बन्ध बिग्रिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट