एमाले महाधिवेशनस्थलमा ओली र देउवाको एकैपटक इन्ट्री-Sutra News

एमाले महाधिवेशनस्थलमा ओली र देउवाको एकैपटक इन्ट्री

शुक्रबार, १० मंसिर २०७८

शुक्रबार, १० मंसिर २०७८

नेकपा एमालेको चितवनमा जारी १० औं महधिवेशनको उद्घाटन सत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको एकैपटक इन्ट्री भएको छ । नेता कार्यकर्ताले ओली र देउवालाई स्वागत गर्दै सँगसँगै मञ्चमा लगेका थिए ।



मञ्चमा दुई नेता उभिएर केहिवेर महाधिवेशनमा आएका नेताकार्यकर्ताको मास र जुलुसलाई हेरेका थिए । ओली सत्ताबाट बाहिरिएपछि र देउवा प्रधानमन्त्री भएपछि यो नै पहिलो भेट भएको एमालेका नेताहरु बताउँछन् ।

महाधिवेशनमा ओली र देउवासँगै जसपाका अध्यक्ष उपेन्द्र यादव पनि पुगेका थिए । जहाँ उनिहरुले सामुहिक तस्विरसमेत खिचेका छन् ।
एमालेको निम्तोलाई स्विकारेर कांग्रेस र जसपाका अध्यक्ष महाधिवेशनमा शुभकामना दिन गएपनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने गएनन् । उनले लिलामणी पोखरेललाई पठाए ।

एमालेले नेकपा एकीकृत समाजवादीको अस्तित्वलाई अझै स्विकारेको छैन । उसले समाजवादीका अध्यक्ष माधव नेपाललाई निम्तै गरेन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट