काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नारायणी नदीमा बोटिङ गर्ने कार्यक्रम स्थगित गरिएको छ ।
महाधिवेशनका लागि चितवन पुगेका ओलीले नदीमा बोटिङ गर्ने कार्यक्रम भएको तर सुरक्षाका कारण स्थगित गरिएको एक नेताले जानकारी दिए ।
महाधिवेशनका क्रममा चितवन पुगेका अन्य कार्यकर्ताहरुले भने बोटिङको मज्जा लिइराखेका छन् ।
आजबाट सुरु भएको एमालेको महाधिवेशन आइतबार सकिनेछ ।