एमालेलाई माओवादीको सन्देश – पुनः सहकार्य र एकता गरौँ-Sutra News

एमालेलाई माओवादीको सन्देश – पुनः सहकार्य र एकता गरौँ

शुक्रबार, १० मंसिर २०७८

शुक्रबार, १० मंसिर २०७८

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै नेकपा माओवादी केन्द्रका स्थायी सदस्य लिलामणि पोखरेलले पार्टी पुनः एक भएर अघि जाने आशा व्यक्त गरेका छन् ।



माओवादी केन्द्रका तर्फबाट प्रतिनिधित्व गरेका पोखरेलले अन्तरविरोधहरू स्थायी नहुने भन्दै एकता, द्वन्द्व र रुपान्तरण हुँदै जाने बताए ।

‘अन्तरविरोधहरू स्थीर हुँदैनन् । सामाजिक परिवेश हरू बदलिन्छन् । एकता द्वन्द्व र रुपान्तरण हुने गर्छ । द्वन्द्वबिना विकास सम्भव छैन । हाम्रा बीचमा पनि यही नियम लागू भएका थिए । केही काल हामी पार्टी एकता गरेर एकै रह्यौं । केही भिन्नताका कारण हामी अलग भएका छौं,’ पोखरेलले भने ।

उनले एमालेको दशौँ महाधिवेशनले कम्युनिस्ट आन्दोलनलाई नयाँ दिशा दिन महत्त्वपूर्ण भूमिका खेल्न आग्रहसमेत गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट