ओली र म सँगै जेल बसेका हौँ- देउवा-Sutra News

ओली र म सँगै जेल बसेका हौँ- देउवा

शुक्रबार, १० मंसिर २०७८

शुक्रबार, १० मंसिर २०७८

नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बधाई दिएका छन् ।



एमालेको १० औं महाधिवेशनलाई सम्बोधन गर्दै उनले ओलीलाई बधाई दिएका हुन् ।

उनले आफू र एमाले अध्यक्ष ओली व्यवस्था परिवर्तनका लागि संगै जेल बसेको उल्लेख गरे ।

उनले भने, ‘ ओलीजी र हामी अरु साथीहरुसंगै जेल बसेका थियौं, हामी जेलमेट पनि हौँ ।’ त्यस्तै उनले मुलुकलाई अगाडी लैजानका लागि सबै दलहरुबीच राम्रो सहकार्य हुनुपर्ने बताए ।

दलहरुवीच सद्भाव छलफल, संवादमार्फत सम्बन्ध स्थापना गर्न चाहने भन्दै उनले एमाले अध्यक्ष केपी ओलीसँगै हिजोका दिनमा सँगै जेलमा बसेको भन्दै उनले भोलीका दिनमा कसैले यस्तो अवस्था भोग्न नपरोस भनेर अघि बढ्नुपर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट