मलेशियालाई ६ विकेटले हराउँदै नेपाल आईसीसी महिला टी२० विश्वकपको शिर्ष स्थानमा-Sutra News

मलेशियालाई ६ विकेटले हराउँदै नेपाल आईसीसी महिला टी२० विश्वकपको शिर्ष स्थानमा

शुक्रबार, १० मंसिर २०७८

शुक्रबार, १० मंसिर २०७८

नेपालले आईसीसी महिला टी२० विश्वकपको छनोट खेलमा मलेसियालाई ६ विकेटले हराएको छ । शुक्रबार भएको खेलमा मलेसियाले नेपाललाई जित निकाल्न ९३ रनको लक्ष्य दिएको थियो ।



मलेशियालाई हराएसँगै ६ अंक जोडेर नेपाल शीर्ष स्थानमा उक्लेको छ । युएईसँग समान अंक भएपनि नेट रनरेटमा अघि रहँदै नेपाल शीर्ष स्थानमा उक्लिन सफल भएको हो । युएईले आजै कुवेतसँग खेल्दैछ ।

दुबईस्थित आइसीसी एकेडेमी मैदानमा भएको खेलमा नेपालले १८.२ओभर खेल्दै ४ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो ।

नेपालको लागी सीता राना मगरले ३०, कप्तान रुबिना क्षेत्रीले २० र कविता कुँवरले १० रन बनाए । सरिता मगरले अवजित १५ रन जोडिन् । नेपालका ३ खेलाडी रनआउटको शिकार हुँदा मलेसियाका अईसा एलिसाले १ विकेट लिइन् ।

त्यसअघि नेपालले टस जितेर बलिङ रोज्दै मलेसियालाई ब्याटिङको निम्तो दिएको थियो । जसमा मलेसियाले २० ओभरमा ७ विकेट गुमाएर ९२ रन बनाएको थियो ।

मलेसियाका लागि एल्सा हन्टरले अविजित रहँदै सर्वाधिक ३९ रन बनाइन् । नेपालका लागि सबनम राईले २ तथा कविता कुँवर, सीता राना मगर र कप्तान रुबिना क्षेत्रीले समान १ विकेट लिए ।

नेपालले अब युएईसँग खेल्न बाँकी छ । पहिलो खेलमै हङकङसँग पराजित भएको नेपालले त्यसयता भुटान र कुवेतलाई सहजै पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट