आगामी चुनावमा एमालेले जसरी पनि बहुमत ल्याउनुपर्छ- ओली-Sutra News

आगामी चुनावमा एमालेले जसरी पनि बहुमत ल्याउनुपर्छ- ओली

शुक्रबार, १० मंसिर २०७८

शुक्रबार, १० मंसिर २०७८

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा एमालेले जसरी पनि बहुमत ल्याउनुपर्ने बताएका छन् ।



चितवनमा भएको पार्टीको १० औं महाधिवेशनमा बोल्दै नेता ओलीले यस्तो बताएका हुन् ।

उनले अब धेरै चुनावहरु आउन बाँकी रहेको भन्दै आफूहरुले जसरी पनि बहुमत ल्याउनुपर्ने बताए । उनले एमालेका लागि मात्र नभई सारा देशको विकाश गर्नका लागि पनि आगामी चुनावमा एमालेले बहुमत ल्याउनैपर्ने बताए । उनले भने, ‘एमालेका लागि मात्र होइन, देशलाई विकासको बाटोमा लैजानका लागि एमालेको बहुमत आवश्यक छ ।’

उनले देउवाले आफ्नो निम्तो स्वीकारेको भन्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई धन्यवादसमेत दिए । ‘नेपाली काँग्रेसको तर्फबाट देउवाले शुभकामना दिनुभएको छ, उहाँलाई धन्यवाद भन्न चाहन्छु ।’ उनले भने ।

उनले आफ्नो पार्टीले बलिदान र संघर्षको ७२ वर्ष पार गरेको बताए । कार्यक्रममा बोल्दै उनले भने, ‘ हामीले बलिदानको ७२ वर्ष पार गर्यौं, समाज परिवर्तनका लागि नेकपा एमालेको धेरै भूमिका छ, एमाले क्रान्तिकारी परिवर्तन गर्ने पार्टी हो ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट